प्रम-ओली भेट : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने – Janadesh Daily | ePaper

प्रम-ओली भेट : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री दाहालले भन्नुभयो, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ ।”

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताउनुभएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताउनुभएको सचिवालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्