विप्लवको आह्वान: राज्य नै दलाल पूँजीवादी भयो, व्यवस्था बदल्नुपर्छ, कम्युनिष्ट मिलौँ – Janadesh Daily | ePaper

विप्लवको आह्वान: राज्य नै दलाल पूँजीवादी भयो, व्यवस्था बदल्नुपर्छ, कम्युनिष्ट मिलौँ


नेकपाका महासचिव नेत्रविक्रम चन्द्रले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गर्नुभएको छ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको अर्थतन्त्र डामाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको दाबी गर्नुभयो। नेपाली युवाहरु स्वदेशमै बस्न सक्ने अवस्था आएको भन्दै विप्लवले चुनाव र सत्ता हेरेफेरमात्रै समाधान नहुने भएका कारण व्यवस्था नै फेर्नुपर्ने बताउनुभयो।

विप्लवले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गर्दै व्यवस्था फेरिएपछि मात्र यस्ता कुराको समाधान हुने दाबी समेत गर्नुभयो।

विप्लवले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसकेको बताएका छन् । विप्लवले वित्तिय संस्थाहरूले प्रवाह गरेको ऋणका कारण व्यवसायीहरू संकटमा पर्दै गएको टिप्पणी गर्दै ऋणका कारण किसानहरू उठिबास लाग्ने अवस्था आएको र मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भएको टिप्पणी पनि गर्नुभयो।

राज्यसमेत वित्तिय संस्थाहरूको आतंक रोक्न उदासिन भएको विप्लवको आरोप छ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने निर्णय पनि गरेको छ। कपिलवस्तुमा बसेको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय विप्लवले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

बैठकले विश्वका मालेमावादी पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम राख्दै कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्