उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकः राष्ट्रपतिदेखि सुदूरपश्चिम सरकारसम्मका एजेन्डा – Janadesh Daily | ePaper

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकः राष्ट्रपतिदेखि सुदूरपश्चिम सरकारसम्मका एजेन्डा


जनादेश वाच।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज विहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । संयन्त्रको बैठकमा सत्ता गठबन्धनको भावि रणनीति, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागिता र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको उम्मेदवार र सुदूरपश्चिम सरकारलाई विश्वासको मतको बारेमा पनि बैठकमा छलफल हुनेछ । ओली निवास बालकोटमा बुधबार विहान भएको भेटमा राष्ट्रपति चयन लगायतका विषयमा छलफल गर्न बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो । लामो समयदेखि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न सकेको छैन ।

प्रचण्डले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्ने दोहोर्‍याएपछि राजनीतिक संयन्त्रमा छलफल गर्ने सहमति भएको हो । यसअघि राष्ट्रपति एमालेले पाउने भनिएपनि पछिल्लो पटक माओवादीले राष्ट्रिय सहमति जुटाउनुपर्ने बताइरहेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्