लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर – Janadesh Daily | ePaper

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर


blog

१. नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन कहिले भएको हो ? 

 वि.सं. २०७९ माघ २२

– वि.सं. १९८४ पुसमा जन्मिएका जबरा नेपाल राष्ट्र बैङ्क स्थापना (वि.सं. २०१३ वैशाख १४) भएपछि पहिलो गभर्नर बनेका । वि.सं. २०१३ वैशाख १० गतेको निर्णयअनुसार नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएका जबराले वि.सं. २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म गभर्नर भई कार्यभार सम्हालेका ।

– २००७ सालको परिवर्तनपछि बनेको पहिलो संयुक्त सरकारमा उनी पहिलो अर्थसचिव बनेका ।

– उनकै पालामा भा.रु. १०० बराबर ने.रु. १६० कायम हुने गरी सटही दर निर्धारण गरिएको ।

– सुवर्णशमशेर जबराद्वारा २००८ माघ २१ गते प्रस्तुत नेपालको पहिलो बजेट निर्माणमा उनको महìवपूर्ण योगदान रहेको ।

– पहिलो नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नर उनी नै हुन् । यसअघि सदर मुलुकीखानाबाट नोट निष्कासन हुने गथ्र्यो; जसमा खजाञ्चीको नाम उल्लेख हुन्थ्यो तर हस्ताक्षर

भने हुँदैनथ्यो ।

– सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर, प्रोजेक्ट अफिसरका रूपमा कार्य गरेका जबराले सन् १९६४–७२ सम्म यूएनडीपीमा समेत कार्य गरेका । उनी हिमालयन बैङ्कको संस्थापक पनि हुन् ।

– जर्नेल लक्ष्मणशमशेर जबरा र विजयालक्ष्मीको कोखबाट जन्मिएका जबराले भारतको मुम्बईस्थित स्कुल अफ इकोनोमिक्स एन्ड सोसियोलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका । उनका दुई छोरा र दुई

छोरी रहेका ।

२. सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

 वि.सं. २०७९ माघ २०–२३

३. अस्ट्रेलियाले आफ्नो बैङ्क नोटमा बेलायतको नयाँ राजाको तस्बिर नछाप्ने घोषणा कहिले गरेको हो ? 

 सन् २०२३ फेब्रुअरी २

– अस्ट्रेलियाको केन्द्रीय बैङ्कको यस निर्णयसँगै हालै राजसिंहासनमा रहेका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा नछापिने भएको ।

– चाल्र्स तृतीय संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अस्ट्रेलियाका पनि राष्ट्राध्यक्ष हुन् । सन् १९९९ मा भएको जनमत सङ्ग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।

४. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट कहिले बाहिरिएको हो ? 

 वि.सं. २०७९ माघ २२

– (पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेपश्चात् २०७९ माघ २२ मा पत्रकार सम्मेलन गरी सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखेर सरकारबाट बाहिरिएको घोषणा गरेका ।)

५. नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा को नियुक्त भएका छन् ? 

 मोन्टी देसाई, भारत

– (नेपाल क्रिकेट सङ्घले वि.सं. २०७९ माघ २३ मा देसाईलाई दुई वर्षका लागि टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको ।)

६. नेपालका महत्वपूर्ण ९९ जडीबुटीको विवरण उल्लेख गरी राणाकालमा लेखिएको प्रसिद्ध पुस्तक कुन हो ?

 चन्द्रनिघण्टु

७. ट्रान्सपरेन्सी इन्टरनेसनलले २०७९ माघ १७ (सन् २०२३ जनवरी ३१)मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? 

 ११०औँ

– ट्रान्सपरेन्सी इन्टरनेसनलले २०७९ माघ १७ (सन् २०२३ जनवरी ३१)मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल ११०औँ स्थानमा रहेको ।

– सन् २०२१ मा नेपाल ११७औँ स्थानमा रहेको । प्रतिवेदनअनुसार नेपालले भ्रष्टाचार न्यूनीकरणमा झिनो सुधार गरेको देखिएको ।

– नेपालले सन् २०२२ मा ३४ अङ्क प्राप्त गरेको, जुन सन् २०२१ को भन्दा एक अङ्क बढी हो ।

– प्रतिवेदनअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने राष्ट्र डेनमार्क रहेको छ भने सूचीको अन्तिम स्थानमा अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया (१८०औँ) रहेको ।

सार्क राष्ट्रको स्थिति

८. अफ्रिका महादेशको घाँसे मैदानलाई के भनी चिनिन्छ ? 

 भेल्ड

– अफ्रिकाको घाँसे मैदानलाई भेल्ड भनी चिनिन्छ ।

– उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई प्रेयरी

भनी चिनिन्छ ।

– दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई पेम्पाज भनिन्छ ।

– अस्टे«लियामा पाइने घाँसे मैदानलाई डाउन्स

भनी चिनिन्छ ।

९. छोरीलाई दाइजोका रूपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ? 

 चेपाङ

– (चिउरीको बियाँ माछा मार्न उपयोग हुने साथै बियाँ पेलेर घिउ पनि निकाल्न सकिने हुँदा बिहेपछि छोरीले चिउरीको घिउ र माछामासु खान पाओस् भन्ने विश्वासका साथ ।)

१०. सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो ?

 वि.सं. २००७

– (सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा वि.सं. १९६० मा निर्माण गरेका । नवशास्त्रीय वास्तुकला (नियोक्लासिकल वास्तुकला)को नमुना मानिने सो दरबारमा स्टेट हल र ग्यालरी बैठक मुख्य आकर्षणका रूपमा रहेका । युरोपेली शैली–संरचनामा निर्मित यस भवनलाई त्यतिबेला एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो । राणा शासन अन्त्यपछि सो भवनलाई नेपाल सरकारको कार्यालयका रूपमा २००७ सालबाट प्रयोग गर्न थालिएको हो । २०३० मा आगलागी हुँदा यो भवनको केही भाग नष्ट भयो र केही पुनर्निर्माण पनि गरियो ।)

११. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ ?

 बर्लिन (जर्मनी)

१२. अन्तर्राष्ट्रिय न्यायालय (इन्टरनेसनल कोर्ट अफ जस्टिस)मा कति जना न्यायाधीश रहने व्यवस्था छ ?

 १५

१३. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?

 शुक्ल पक्ष (ब्राइट हाफ)

– (पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष (डार्क हाफ) भनिन्छ । शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्ण पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)

१४. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

 चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)

१५. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

 त्रिभुवन राजपथ

१६. नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भएको हो ?

 सन् १९५५ अगस्ट १

– नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि सन् १९६० अप्रिल २८ मा भएको ।

– नेपाल र चीनबीच सीमासम्बन्धी सम्झौता सन् १९६१ मा भएको ।

– नेपाल र चीनबीच सीमासम्बन्धी प्रोटोकलमा सन् १९७९ मा हस्ताक्षर भएको ।

– काठमाडौँ उपत्यकामा बस्ती बसाउने मञ्जुश्री चीनबाट आएका थिए ।

– नेपालका बारेमा यात्रा वृत्तान्त लेखी प्रचारप्रसार गर्ने पहिलो चिनियाँ नागरिक हुयान साङ रहेका ।

– चिनियाँ झाङ जियानले पहिलोपल्ट सन् ४०६ मा लुम्बिनीको भ्रमण गरेका ।

– प्राचीनकालमा नेपालको भ्रमण गर्ने दुई चिनियाँ यात्री हुयान साङ र फाहियान रहेका ।

१७. गैँडा संरक्षण सम्बन्धमा एसियाली मुलुकहरूको बैठक हालै कहाँ सम्पन्न भयो ?

 चितवन, नेपाल (वि.सं. २०७९ माघ)

– नेपाल सरकारको आयोजनामा भएको सो बैठकले ‘गैँडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३’ जारी गरेको । गैँडा पाइने एसियाली मुलुकहरू नेपाल, भारत, भुटान, इन्डोनेसिया एवं मलेसियाका उच्च सरकारी अधिकारीहरू, विश्व संरक्षण सङ्घको स्पेसिस सरभाइभल कमिसनका अधिकारीहरू, एसियन गैँडाविज्ञ समूह, संरक्षण साझेदार सङ्घसंस्थाका प्रतिनिधिहरू, विज्ञहरू, गैँडा संरक्षणका लागि आर्थिक तथा प्राविधिक सहयोग पु¥याउने दातृ निकायका प्रतिनिधिहरूबीच सहकार्य भई एसियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र जारी गरिएको ।

– सो घोषणापत्रमा गैँडा पाइने एसियाली राष्ट्रको छवटा मुख्य विषयगत क्षेत्र ः गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा सहमति जनाइएको ।

– सन् २०१९ मा भारतमा सम्पन्न भएको दोस्रो बैठकले जारी गरेको ‘एसियन गैँडाका लागि नयाँदिल्ली घोषणापत्र २०१९’ को पुनरवलोकन गर्दै एसियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३ जारी गरिएको हो । यससम्बन्धी पहिलो बैठक सन् २०१३ मा इन्डोनेसिया र दोस्रो बैठक सन् २०१९ मा भारतमा सम्पन्न भएको थियो ।

१८. विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ? 

 भारतको इलाहावाद

– यस मेलालाई विश्वकै ठूलो मानव जमघटका रूपमा लिने गरिन्छ । गङ्गा र यमुना नदीको सङ्गमस्थलमा स्नान गर्नाले मोक्ष प्राप्त हुने हिन्दु धर्मावलम्बीको

विश्वास रहेको ।

१९. नेपाल ट्रस्टको स्थापना कहिले भएको हो ?

 वि.सं. २०६४ मङ्सिर ६

– राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको नाममा रहेको सम्पत्तिको व्यवस्थापन एवं सञ्चालन गर्ने उद्देश्यका साथ यसको स्थापना गरिएको ।

– नेपाल ट्रस्टको संरक्षक प्रधानमन्त्री हुने,

– अध्यक्षसहित सात सदस्यीय सञ्चालक समितिको अध्यक्षमा प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री रहने ।

– नेपाल ट्रस्टको नाममा विशेषगरी विभिन्न १२ जिल्लामा जग्गा रहेको जग्गामध्ये सबैभन्दा धेरै जग्गा धादिङ (७०.४० प्रतिशत) र दोस्रोमा काठमाडाँै (२०.६१ प्रतिशत)मा रहेको ।

– ट्रस्टको नाममा रहेको जग्गा (रोपनीमा) ः २१५६३–४–२–१

– हाल नेपाल ट्रस्ट ऐन २०६४ र नेपाल ट्रस्ट नियमावली २०६५ प्रचलनमा रहेको ।

२०. पहिलो पटक रोबोट शब्दको प्रयोग गर्ने व्यक्ति को हुन् ?

 कारेल क्यापेक (चेक नागरिक, सन् १९२१)

– रोबोट शब्दको उत्पत्ति रोबोटाबाट भएको । जसको अर्थ फोस्र्ड लेवर भन्ने हुने ।

–  रोबोटको पूूरा रूप रेन्डम अप्टिकल बाइनेरी अस्किलेटिङ टेक्नोलोजी रहेको ।

– पहिलो ह्युमोनोइड रोबोट ‘एरिक’ (युके, सन् १९२८) रहेको ।

– नागरिकता प्राप्त गर्ने पहिलो रोबोट सोफिया (साउदी अरब, सन् २०१८ अक्टोबर २५) रहेको ।

– सोफिया रोबोटको डिजाइन हेन्सन रोबोटिक्सले गरेका ।

२१. टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गयो ? 

 सन् २०२३ फेब्रुअरी ६

– भूकम्पको धक्का सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको ।

– सो भूकम्पका कारण सयौँ मान्छेको मृत्यु हुनुका साथै तीन हजारभन्दा बढी घाइते भएको जनाइएको ।

 प्रस्तुतकर्ता : टंक के.सी.  

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्