उमेरअनुसार हुन्छ सुत्ने समयको सीमाः कुन उमेरका मान्छे कति समय सुत्नु उचित ! – Janadesh Daily | ePaper

उमेरअनुसार हुन्छ सुत्ने समयको सीमाः कुन उमेरका मान्छे कति समय सुत्नु उचित !


जनादेश हेल्थ डेस्क।
बिहान ढिलोसम्म सुत्ने बानी छ भने तपाईंले आमा–बुवा, दिदी–दाइ, श्रीमान्–श्रीमती वा कसै न कसैको गाली पक्कै खानुभएको छ होला । मजाले निदाइरहेका बेला उठाइदिँदा रिस पनि उठ्छ होला । अझ सुन्दर सपना देखिरहेका बेला उठाइदिँदा त रिसको मात्रा बढ्दो हो । सामान्यतया अधिकांशको सुत्ने सयम निश्चित हुँदैन । न उठ्ने नै । कति सुत्ने भन्ने पनि निश्चित हुँदैन ।

अहिले त निद्राभन्दा पनि प्यारो मोबाइल फोन बन्दै गएको देख्न सकिन्छ । आज हामी स्वास्थ्यका दृष्टिकोणले कुन उमेर समूहको मान्छेले कति सुत्नुपर्छ भन्नेबारे जानकारी दिँदैछौँ ।

उमेर समूह कति सुत्ने ?
०–३ महिना १४–१७ घण्टा
४–११ महिना १२–१५ घण्टा
१–२ वर्ष ११–१४ घण्टा
३–५ वर्ष १०–१३ घण्टा
६–१३ वर्ष ९–११ घण्टा
१४–१७ वर्ष ८–१० घण्टा
१८–२५ वर्ष ७–९ घण्टा
२६–६४ वर्ष ७–९ घण्टा
६५ वर्षदेखि माथि ७–८ घण्टा

यो  सामग्री स्लिप हेल्थ फाउन्डेसनमा प्रकाशित सामग्रीको सहयोगमा तयार पारिएको हो -सम्पादक

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्