झण्डै ७ अंकले घट्यो सेयर बजार, १ अर्ब ६ करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै ७ अंकले घट्यो सेयर बजार, १ अर्ब ६ करोडको कारोबार


बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ६.९० अंकले घटेर एक हजार ९२६.४० विन्दुमा पुगेको छ ।

बैंकिङ६, विकास बैंक १५, फाइनान्स ०.०८, जीवन बीमा ६१, उत्पादन ४९, माइक्रोफाइनान्स ३७ र अन्य उपसमूह ५ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन २६, जलविद्युत् ६, निर्जीवन बीमा २ र ब्यापार उपसमूह २ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मानुषी लघुवित्त, यूनिक नेपाल लघुवित्त र शुभम पावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर एक अर्ब ६ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्