बाबुराम र नाराणकाजीसँगै गोरखा पुगेर प्रधानमन्त्रीले गरे सडक शिलान्यास – Janadesh Daily | ePaper

बाबुराम र नाराणकाजीसँगै गोरखा पुगेर प्रधानमन्त्रीले गरे सडक शिलान्यास


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा पालुङटार पुगेर ‘पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजना’ को शिलान्यास गरेका छन् । मंगलबार बिहान बालुवाटारबाटै हेलिकोप्टरमार्फत प्रधानमन्त्री प्रचण्डसहितको टोली गोरखा पुगेको थियो । यो उनको निर्वाचन क्षेत्र पनि हो ।

पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईको गृहनगर रहेको गोरखा पालुङटार नगरपालिकाको बिमिरेमा आयोजित कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराई, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद हितराज पाण्डे, प्रदेश सांसद फणिन्द्र देवकोटा र शुरेन्द्र पाण्डे, पालुङटारका मेयर विवश चिन्तन सहभागी थिए ।

यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ ।

वूड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्