प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित दश जनाको मृत्यु – Janadesh Daily | ePaper

प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित दश जनाको मृत्यु


पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ ९पिटिआई० लक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन् ।

कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । द्रुत गतिमा रहेको कारमा गोली प्रहार हुँदा इन्धन ट्याङ्कीमा लागेको र तत्काल कारमा आगो सल्किएको सामाजिक सञ्जालमा ‘पोष्ट’ गरिएका भिडियोमा देखिन्छ । कार पूर्णरूमा जलेको छ ।

दुई जना घाइतेलाई उद्धार गरी अस्पताल पु¥याइएको छ । नेता खानको शव परीक्षणका लागि एबोटाबाद जिल्ला सदरमुकाम अस्पतालमा राखिएको छ ।

आक्रमणमा मारिएका खानले एबोटाबादको हवेलियन तहसीलबाट स्वतन्त्र उम्मेद्वारको रूपमा सन् २०२२ मा खैबर पख्तुनख्वा स्थानीय निकायको चुनाव जितेका थिए । केही समयपछि उनी पिटिआईमा आबद्ध भएका हुन् । उनका बुबा मुन्सिफ खान जादुन केपी विधानसभाका पूर्वसदस्य र प्रान्तीय मन्त्री भएका थिए । उनको पनि सन् १९९० को दशकमा हत्या भएको थियो ।

यसैबीच, पाकिस्तानको सैन्य सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ९आइएसपीआर०का ब्रिगेडियर मुस्तफा कमल बर्की दक्षिण वजिरिस्तानमा आतङ्कवादीसँग भएको भिडन्तमा मारिएका दैनिक अखबार डनले जनाएको छ । झडमा सात जना सैनिक घाइते भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्