नेप्से १८ अंकले घट्यो, एक अर्ब ४१ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से १८ अंकले घट्यो, एक अर्ब ४१ करोडको कारोबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १८.१५ अंकले घटेर एक हजार ९१५.१४ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ११, फाइनान्स २१, होटल तथा पर्यटन ४२, जलविद्युत् ३६, जीवन बीमा ९१, उत्पादन ९, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा ३७, ब्यापार ६७ र अन्य उपसमूह १५ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तको सेयर झण्डै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत्को सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २५९ कम्पनीका ७ ४३ लाख कित्ता सेयर एक अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्