सञ्चारमन्त्रीका सीधा कुराः संक्रमणकालीन न्यायको विधेयकप्रति असहमति शान्ति प्रक्रियाको विरोध – Janadesh Daily | ePaper

सञ्चारमन्त्रीका सीधा कुराः संक्रमणकालीन न्यायको विधेयकप्रति असहमति शान्ति प्रक्रियाको विरोध


जनादेश वाच।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताएकी छन् ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताएकी हुन् । उनले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरुले यसको विरोध गरेको बताईन् ।

उनले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरु सबैको साझा विषय भएको बताईन् । उनले यो विषय सबै नागरिक र सबै पार्टीहरुको पनि विषय भएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘यो विषयलाई पूर्ण रुपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको विरुद्धको कुरा भयो । हामी शान्ति प्रक्रियाको विरुद्धमा होइन समर्थनमा छौँ, पूर्ण रुपमा शान्ति प्रक्रिया मन नपराउने, शान्ति प्रक्रियालाई बेठिक छ भन्ने, शान्ति प्रक्रिया हुनुहुन्नथ्यो भन्ने शक्ति त कुनै हुनपनि सक्ला । कसैलाई लाग्न पनि सक्ला ।’

उनले अगाडी भनिन, ‘तर आजको दिनमा संसदभित्र आउँदाखेरी हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो । त्यो मात्रै होइन कि हिजो सम्झौता गर्नेहरुको सबैको साझा विषय त हुँदै हो । सँगसँगै शान्ति प्रक्रिया हामी सबै नागरिकको भएको हुनाले सबै नागरिक र सबै पार्टीको साझा विषय हो ।’ उनले विधेयकको सम्बन्धमा राजनीतिक दलहरुका बीचमा सहमति जुटाउने अधिकतम कोशिस हुने बताईन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्