जनयुद्ध दिवस खारेजीको माग गर्दै परेको रिट दरपीठ – Janadesh Daily | ePaper

जनयुद्ध दिवस खारेजीको माग गर्दै परेको रिट दरपीठ


जनादेश वाच।

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै पेश भएको रिट दरपीठ गरेको छ।

रामेछापका कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट पेश गरेका थिए। रजिष्ट्रार नारायण पन्थीले कहिले विदा दिने वा कहिले नदिने कहिले उत्सव मनाउने वा कहिले नमनाउने भन्ने विषयमा नीतिगत निर्णय गर्न सक्ने राज्यको कार्यकारी निकायको क्षेत्राधिकारको विषय भन्दै जनयुद्ध दिवसविरूद्ध परेको रिट दरपीठ गरिदिएका हुन्।

यसअघि सर्वोच्च अदालतको एक इजलासले कहिले र कुन समयमा बिदा दिने भन्ने सरकारको नीतिगत विषय भएको भन्दै गरेको निर्णयलाई पनि उनले यो रिट दरपीठ गर्दाको आधार मानेका छन्।

सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

‘जनयुद्ध दिवस’ लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्