आजको मौसमः यी तीन प्रदेशमा चट्याङसहित वर्षा – Janadesh Daily | ePaper

आजको मौसमः यी तीन प्रदेशमा चट्याङसहित वर्षा


जनादेश वेदर वाच।

जल तथा मौसम विज्ञान विभागले प्रि-मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह गरेको छ।

विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यसक्रममा मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

अहिले नेपालमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा छ।

दिउँसो देशभरको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। कोशी, वागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी इलाकामा मौसम सफा रहने छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्