प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उहाँहरुबीच महत्वपूर्ण छलफल भएको हो ।

आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उहाँहरुबीच भेट भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्यो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्