दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्ब ४४ करोडको कारोबार – Janadesh Daily | ePaper

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्ब ४४ करोडको कारोबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १२.४१ अंकले बढेर एक हजार ९१८.४१ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, होटल तथा पर्यटन १३, जलविद्युत् ६, जीवन बीमा ३९, उत्पादन ८१, माइक्रोफाइनान्स ११५, ब्यापार २२ र अन्य उपसमूह ७ अंकले बढेको छ । यस्तै, विकास बैंक ११, फाइनान्स ५ र निर्जीवन बीमा उपसमूह १० अंकले घटेको छ ।

आज सुपर माई हाइड्रोपावर, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज तेह्रथूम पावर कम्पनीको सेयर तीन प्रतिशत भन्दा धेरैले घटेको छ ।

यसदिन २५८ कम्पनीका ४० लाख ७७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्