प्रधानमन्त्री प्रचण्ड चितवनमा, काठमाडौं फर्केलगत्तै मन्त्रिपरिषद् विस्तार – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्ड चितवनमा, काठमाडौं फर्केलगत्तै मन्त्रिपरिषद् विस्तार


विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका नेतासँग छलफल गरेर प्रचण्ड चितवन पुगेका हुन् ।

प्रधानमन्त्रीले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्ने कार्यक्रम छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यक्रममा प्रधामनन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री चितवनबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको बालुवाटार स्रोतले बतायो । गठबन्धनका दलहरूबीच मन्त्रालयको संख्या बाँडफाँटमा मोटामोटी सहमति भइसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो ३ बजे कठमाडौं फर्किने कार्यक्रम छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्