चितवनबाट प्रधानमन्त्रीका दुई सन्देशः मन्त्रिपरिषद् विस्तार आजै, क्रिकेट रंगशाला निर्माण छिट्टै – Janadesh Daily | ePaper

चितवनबाट प्रधानमन्त्रीका दुई सन्देशः मन्त्रिपरिषद् विस्तार आजै, क्रिकेट रंगशाला निर्माण छिट्टै


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताए । आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज नसकिए भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पनि मलाई लाग्छ, तपाईं हामी सबैको लागि खुसीको कुरा हो ।’

यसैबीच प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् । प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए । झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्ने उनको भनाइ छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्