भीम रावलमाथि कारवाहीको संकेत, नसच्चिए कदम चाल्ने उपाध्यक्ष पौडेलको चेतावनी – Janadesh Daily | ePaper

भीम रावलमाथि कारवाहीको संकेत, नसच्चिए कदम चाल्ने उपाध्यक्ष पौडेलको चेतावनी


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीको साधारण सदस्यको पनि भूमिका निर्वाह नगरेको बताएका छन् । प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले नेकपा एमाले मै छु भन्ने तर काम भने साधारण सदस्यको सम्म पनि नगरेको उनले बताए ।

‘भीम रावलजीले पार्टीको अनुशासन उल्लङ्घन गर्दै एकपछि अर्को गल्ती गर्दै जानुभएको छु, उनले भने, ुउहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।’

भीम रावलले आफ्ना गल्तीहरू स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने पौडेलले बताए । रावलले विगतमा पार्टीमा बसेर नेतृत्वदायी भूमिका खेलिसकेको बताउँदै पौडेलले अब पनि यदि काम गर्न चाहनुहुन्छ भने आफ्नो गल्तीलाई स्वीकार गरेर फेरि मिलेर अघि बढ्न सकिने बताए । यदि पार्टीको विधि नीति, निर्णयलाई नमान्ने हो भने पार्टीले पनि उचित निर्णय दिएर अघि बढ्ने उनले बताए ।

रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन पौडेलले सुझाव दिए । अझै पार्टीविरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने पौडेलले प्रष्ट्याए ।

‘हाम्रो भीम रावलजीले पार्टीको अनुशासनको दृष्टिकोणले पार्टीको एउटा जिम्मेवार सदस्यले निर्वाह गर्ने कर्तव्यको दृष्टिकोणले उहाँ विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको

पदाधिकारीको हैसियतले उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीको निर्णय मान्नुभएको छैन, उहाँले पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टीलाई कमजोर पार्ने, गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ ’, पौडेलले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्