सीके राउतको पार्टी असन्तुष्टः खानेपानीमन्त्री खानले बुझाए प्रधानमन्त्रीलाई राजीनामा – Janadesh Daily | ePaper

सीके राउतको पार्टी असन्तुष्टः खानेपानीमन्त्री खानले बुझाए प्रधानमन्त्रीलाई राजीनामा


खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीका तर्फबाट खानेपानीमन्त्री रहेका खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।

उनले आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका थिए । गत पुस १० गते नै आपूर्ति मन्त्रालय पाउनुपर्ने अडानमा रहेका उनले मन्त्रिपरिषद् पुनस्गठन हुँदा सोही मन्त्रालय पाउनुपर्ने बताएका थिए ।

तर, उक्त मन्त्रालय कांग्रेसले लिएपछि उनले राजीनामा बुझाएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्