व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशालबजार क्षेत्रका सबै पसल बन्द – Janadesh Daily | ePaper

व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशालबजार क्षेत्रका सबै पसल बन्द


जनादेश, काठमाडौं ।

न्यूरोडका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मको क्षेत्रमा पर्ने पसलहरु बन्द गरिएको हो । सो क्षेत्रका पसलहरु आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडा कार्यालय आग्रह गरेको छ ।

‘‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’’ वडा कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्