पहिराले सिन्धुपाल्चोकमा भएको क्षतिप्रति मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त – Janadesh Daily | ePaper

पहिराले सिन्धुपाल्चोकमा भएको क्षतिप्रति मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त


वाग्मती,

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गए राति सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गएको पहिराले पु¥याएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज एक सन्देश जारी गर्दै उहाँले पहिराग्रस्त क्षेत्रमा उद्धारको कार्य भइरहेको उल्लेख गर्दै तत्काल राहत पु¥याउने बताउनुभएको छ । पौडेलले यस विपद्को क्षणमा निरन्तर रुपमा खटिने जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय जनसमुदाय लगायतलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले हाल सो पहिरामा परी बेपत्ता भएकामध्ये सात जनाको शव फेला परिसकेको र ३१ जना अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको उल्लेख गर्नुभएको छ ।

“यस दुःखद क्षणमा प्रदेश सरकारले उद्धार र राहतसँगै पुनस्र्थापनाको काम शुरु गरिसकेको जानकारी गराउँछु, उक्त स्थानमा पहिराले ३६ घरमा क्षति पुगेको छ भने थुप्रै घर जोखिममा रहेका छन्, पहिराले क्षति भएको स्थानमा राहत तत्काल पु¥याउने व्यवस्था मिलाउने जानकारी गराउन चाहन्छु, त्यस क्षेत्रका सम्पूर्ण बासिन्दालाई अझ सुरक्षित रहन अपिल गर्दछु, यस दुःखद प्रकोपबाट ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, सन्देशमा भनिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्