बौद्धदर्शनलाई विश्वव्यापी बनाइनुपर्छः संस्कृतिमन्त्री – Janadesh Daily | ePaper

बौद्धदर्शनलाई विश्वव्यापी बनाइनुपर्छः संस्कृतिमन्त्री


काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धदर्शनलाई विश्वव्यापी बनाउनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित बौद्धदर्शन तथा गुम्बा विकास समितिको ९७ औँ बैठकमा मन्त्री भट्टराईले बौद्धदर्शनलाईं विश्वव्यापी बनाउँदै मानव जातिलाई एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले बौद्धदर्शन तथा गुम्बा व्यवस्थापन समितिमा मनोनीत हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गदँै बौद्धदर्शनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाउने गरी कार्य गर्नसमेत सबैलाई निर्देशन दिनुभयो । उहाँले देशमा हजाराँै ऐतिहासिक गुम्बा रहेको र तिनको तथ्याङ्क एकीकृत गरी जीर्णोद्धार गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले भूकम्पबाट क्षति पुगेका गुम्बाको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण तथा पुरातत्व विभागसँग समन्वय गरेर कार्य गर्न अनुरोध गर्दै देशभरि रहेका बुद्धसँग सम्बन्धित काम गर्ने संघसंस्थासँग सहकार्य अघि बढाउन पनि आग्रह गर्नुभयो । मन्त्री भट्टराईले समितिलाई बौद्धदर्शनसम्बन्धी विश्वस्तरको खोज एवं अनुसन्धान गरी प्रकाशन गर्न आग्रह गर्नुभयो ।

बैठकले बौद्धदर्शन प्रबद्र्धन तथथा गुम्बा सञ्चालन नियमावली २०७१, निर्देशिका, नियमावली २०७१, आर्थिक प्रशासन नियमावली २०७१ संशोधन तथा कर्मचारी शर्त नियमावली, प्राचीन गुम्बा÷विहारको अभिलेखीकरण गर्ने तथाबौद्धदर्शन गोन्पा विकास परिषद् ऐनको विधेयक मस्यौदा बनाएर सम्बन्धित निकायमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै अघिल्लो आवको प्रगति तथा चालु आवका वार्षिक कार्यक्रम अनुमोदनसमेत गरिएको गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा(जिक्डोल)ले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्