बोर्डबाट प्रदान हुने आर्थिक सहायता भदौ १५ सम्म बन्द – Janadesh Daily | ePaper

बोर्डबाट प्रदान हुने आर्थिक सहायता भदौ १५ सम्म बन्द


चन्दप्रकाश नेपाली,

काठमाण्डौ । वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायता १५ दिनका लागि बन्द हुने भएको छ । ७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्ध गर्ने निर्णय गरेसँगै बोर्डले प्रदान गर्ने गर्ने आर्थिक सहायता पनि पर्सि साउन ३२ गतेदेखि भदौं १५ गतेसम्म रद्ध गरेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीले पालिका मार्फत नै आर्थिक सहायताका लागि निवेदन दिने व्यवस्था गरे पनि धेरै जना आर्थिक सहायताका लागि बोर्ड नै आउने गरेका छन ।

कोरोना महामारीका बेलामा सङ्क्रमण जोखिम हुने भएकाले सम्बन्धित पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन बोर्डले अनुरोध गरेको छ ।

पालिकाहरुलाई प्राप्त कागजात, प्रमाण र सिफारिस सहित बोर्डमा पठाउन अनुरोध पनि गरेको छ । यस्तै बोर्डले विदेशबाट आउने शव त्रिभुवन विमानस्थल देखि घरसम्म लैजानका लागि बोर्डको वेवसाइटमा राखिएको निवेदनको ढाँचा अनुसार अनलाइन मार्फत नै निवेदन दिन अनुरोध गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्