हाडजोर्नीको शल्यक्रिया अव बुद्ध हस्पिटलमा – Janadesh Daily | ePaper

हाडजोर्नीको शल्यक्रिया अव बुद्ध हस्पिटलमा


चन्दप्रकाश नेपाली,

घोराही । बुद्ध ईन्टरनेशनल हस्पिटल घोराहीमा अवदेखी हाडजोर्नीको जटिल प्रकारका शल्यक्रिया पनि हुने भएको छ । माईनर अप्रेसन हुदै आएको हस्पीटलमा अवदेखी जटिल प्रकारका अप्रेसन हुने भएको हो ।

जटिल प्रकारका शल्यक्रियाका लागी आवश्यकपर्ने उपकरण जडान भएकोले अवदेखी हाडजोर्नीको सवै किसिमका शल्यक्रिया गर्न सकिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो ।

प्रयाप्त स्रोत साधन र लामो समयको अनुभव प्राप्त डाक्टरवाट शल्यक्रिया गरिने भएकोले हाडजोर्नी सम्वन्धी समस्याका लागी अव वाहिर जानुनपर्ने शर्माको भनाई छ । हस्पिटलले अहिले दिनहुँ ८ देखी १० वटा अप्रेशन गर्दै आएको जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्