बालेन साहको स्ट्याटस– भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस् – Janadesh Daily | ePaper

बालेन साहको स्ट्याटस– भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस्


 

जनादेश सोसल मिडिया वाच।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति विमति जनाएका छन् । उनले यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीकाे नीति बनाउनु लाग्नुपर्ने बताएका छन् ।


भ्रष्टाचारी नेता काे हाे र उसकाे घर कहाँ हाे सबैलाई थाहा भएकाे भन्दै बालेनले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चाेपल्न पनि आह्वान गरेका छन् । उनले जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।

शनिबार काठमाडाैंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएकाे थियाे, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सहभागी भएका थिए ।

हेर्नुहाेस् बालेनकाे फेसबुक स्टाटस जस्ताकाे त्यस्तै :

भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्