झण्डै १७ अंकले घट्यो सेयर बजार, ९० करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै १७ अंकले घट्यो सेयर बजार, ९० करोडको कारोबार


आइतबार सेयर बजार दाहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले घटेर एक हजार ८२१.६४ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ३८, फाइनान्स १९, होटल तथा पर्यटन २७, जलविद्युत् ५०, जीवन बीमा ४०, उत्पादन ६९, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४०, अन्य २७ र व्यापार उपसमूह ११ अंक घटे ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको सेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६३ कम्पनीको २७ लाख ८८ हजार कित्ता सेयर ९० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्