आफ्नो नम्बर दिँदै बालेनको आह्वानः महानगरका कर्मचारीले घूस मागे भन्नुस् – Janadesh Daily | ePaper

आफ्नो नम्बर दिँदै बालेनको आह्वानः महानगरका कर्मचारीले घूस मागे भन्नुस्


जनादेश वाच।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कुनै कर्मचारीले घूस मागे प्रमाणसहित उजुरी गर्न आग्रह गरेका छन्।

आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्दै उनले यस्तो आग्रह गरेका हुन्। मोबाइल आफूले मात्र बोक्ने भएको हुनाले विवरण पठाउनेको नाम गोप्य राखिने उनले जनाएका छन्।

उनले फेसबुकमा भनेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं। हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारको पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नुहोला भिडियो-अडियो सहित। कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला। हामीलाई 9863592011 मा whatsapp मा प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्