भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा र डिजेल प्रतिलिटर ८ रुपैयाँ १३ पैसाले घटेको छ । नेपाली बजरामा हाल डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्यबारे छलफल हुने नेपाल आयल निगमले जनाएको छ ।