मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले बढेर एक हजार ८२१.६२ विन्दुमा पुगेको छ ।
विकास बैंक १, फाइनान्स ४, होटल तथा पर्यटन २२, जलविद्युत् १४, जीवन बीमा १३, उत्पादन ५, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा ८२ र व्यापार उपसमूह ३ अंकले बढेको छ । यस्तै, बैंकिङ १ र अन्य उपसमूह ११ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि माईखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन २६९ कम्पनीको २० लाख ६३ हजार कित्ता सेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ ।