कविता-शान्त झिमरुक – Janadesh Daily | ePaper

कविता-शान्त झिमरुक


डा. शैलेन्द्र’विक्रम’ गिरी,

——————–
कलकल गरी बगिरहन्छ
मिलनको आवाज गुन्जाइरहन्छ
निर्मल जल दिइरहन्छ
सधै अविरल कल्कल् हाँसिरहन्छ ।

कति कति ज्वार–भाटा आए
कहिल्यै विचलित भएन यो
कति आँधी र हुरी आए
कहिल्यै किनारा लागेन यो
निरन्तर आफ्ना गन्तव्यमा
कहिल्यै नथाकी बगीरहन्छ
तिर्खाएका जनतालाई
निर्मल जल दिइ रहन्छ
सधै कल्कल् हाँसी रहन्छ ।

कति हिउँदमा खडेरी परे
जल सुकाउने प्रयत्न गरे
पानी इन्द्रसंग बिन्ती गरे
बाँध बाँध्नेलाई इनामको घोषणा गरे
र पनि झिम्रुुक
निर्मल जल दिइ रहन्छ
सधै सधै हाँसि रहन्छ ।

गौमुखीको मुहान आज
झिमरुकले चिनिएको छ
पाखा–पखेरा काट्दै काट्दिै
ऐरावतीमा मिसिएको छ
महासागरमा पुग्ने लक्ष छ यसको,
निरन्तर रूपमा बगि रहन्छ
निर्मल जल दिइरहन्छ
आफ्नो दायित्व पुरा गर्दै
सधै सधै बाँची रहन्छ ।

आधार इलाका निर्माण गर्दै
एकताका हात फिंजाउँदै
सारा दुनियाँलाई हराभरा पार्न
हर्दम संघर्ष गरिरहन्छ
आफ्नो विजय यात्रा तय गर्दै

निर्मल जल दिइरहन्छ
सधै सधै हाँसिरहन्छ ।

उसको जन्मकालदेखि
कति खोलाहरू छुट्टिए
कति बीचमै सुके
कति पहाडहरु झुके
ऊ कत्ति विचलित छैन
थुप्रै अनुभवहरु बटुलेको छ
टुट र फुटको, झगडा रगडाको
अतीतका घटननाबाट पाठ सिक्दै
भविष्यको सुनौला भाग्य रेखा कोर्दैछ

भन्दैछ, एक दिन हामी
आफ्नो लक्ष्यमा पुग्नुछ
निरन्तर अगाडि बढदै
धर्ती सिँच्दै, प्रकाश छर्दै
देश उज्यालो बनाउने अभियानमा ।
बढेको छ अघि अघि
विशाल हृदयकासाथ सधै
निर्मल जल दिइरहन्छ
सधंै सधंै हाँसि रहन्छ
सधैं सधंै बाँची रहन्छ ।

#कार्यकारी निर्देशकः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुर ।

E-mail:shailendra.giri@rec.edu.np

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्