बन्दूकसहित दाजुभाइ पक्राउ – Janadesh Daily | ePaper

बन्दूकसहित दाजुभाइ पक्राउ


पाल्पा,

रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनुभयो । मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको हो ।

उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्