स्वदेशी उत्पादनको खरिद, प्रवर्धन र उपयोगमा सरकारको जोड – Janadesh Daily | ePaper

स्वदेशी उत्पादनको खरिद, प्रवर्धन र उपयोगमा सरकारको जोड


जनादेश, काठमाण्डौं । सरकारले स्वदेशी उत्पादनको खरिद, उपयोग र प्रवर्धनमा जोड दिने नीति अवलम्बन गर्ने भएको छ। हाम्रो उत्पादन, हाम्रो स्वाभिमान अभियान अन्तर्गत सरकारले स्वदेशी उत्पादनलाई प्रवर्धन र उपयोगमा जोड दिने नीति सार्वजनिक गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा २० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ। देशमै उद्यम गर्न चाहनेलाई उद्योग व्यवसायीलाई बिउपुँजी उपलब्ध गराउने, रोजगारी र उद्यमशीलतालाई व्यवसायमा जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कृषि, प्राकृतिक स्रोत, ज्ञान र उच्च प्रविधिमा आधारित उद्योगको विकास गर्न औद्योगिक वातावरण निर्माण गरी लगानीयोग्य पुँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

औद्योगिक विकासलाई तीव्रता दिन आवश्यक नीतिगत र संस्थागत सुधार गरी नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहित गरिने कार्यक्रममा उल्लेख छ। नवप्रवर्तनको क्षेत्रमा काम गर्न चाहने युवाको दक्षता तथा सिपको उपयोग गरी उद्यम व्यवसाय प्रवर्धन गर्न विशेष कार्यक्रम सञ्‍चालन गरिने भएको छ। औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशस्थित कूटनीतिक नियोगको सक्रियता बढाई वैदेशिक लगानीलाई उत्पादन एवं रोजगारमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्‍चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने भएको छ। पुनः सञ्‍चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्‍चालनमा ल्याइने भएको छ।

उद्योग, वाणिज्य र कम्पनी प्रशासनलाई सक्षम र सुदृढ बनाउनुका साथै विद्यमान नीतिगत, कानुनी तथा प्रव्रिmयागत सुधार गरिने भएको छ। यस्तै निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माण तथा सञ्‍चालन गर्ने व्यवस्था मिलाइने भएको छ। उद्योगका लागि आवश्यक पर्ने पहुँच मार्ग र प्रसारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेमा निर्माण लागतको निश्चित रकम शोधभर्ना दिई उद्योगहरूमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गरिने छ। आन्तरिक खपत र निर्यातबाट बचत हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराई उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारीकरणमा टेवा पु-याउन सार्वजनिक–निजी साझेदारीमा प्रदर्शनी स्थलसहितको बिव्रmी केन्द्र सञ्‍चालनमा ल्याइने भएको छ।

सार्वजनिक–निजी साझेदारीको मोडेलमा औद्योगिक र व्यापार सहजीकरणका उपायमार्फत व्यापार लागत कम गरी नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने छ। दोधारा–चाँदनी सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण सम्पन्‍न गरिने छ। नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने नीति तथा कार्यव्रmममा उल्लेख छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्