जनादेश स्पोर्ट्स वाच।
भाग्यले साथ नदिएपछि रिंकु सिंहको विस्फोटक ब्याटिङले पनि कोलकाता नाइट राइडर्शलाई जोगाउन सकेन। इन्डियन प्रिमियर लिगको ६८ औँ म्याच एक रनले हार्यो।
यो मामलामा लखनउ सुपर जायन्ट भाग्यमानी ठहरियो।
कोलकाताले टस जितेर बलिङ छानेपछि लखनउले २० ओवरमा आठ विकेट गुमाएर १७६ रन बनायो। रिंकु जस्तो विस्फोटक ब्याट्सम्यान भएको टिमका लागि यति लक्ष्य असम्भव हैन। असम्भव थिएन पनि। रिंकुले ६७ रन हानेका पनि हुन्।
तर २० ओवरमा सात विकेट गुम्दा २७५ रन मात्र बन्यो।
यो एक रनको जित मात्रै हैन प्लेअफमा प्रवेश पनि हो। जितसँगै लखनउ प्लेअफमा पुग्ने तेस्रो टिम बन्यो। कोलकाताको १६ औँ सिजनको यात्रा समाप्त भयो।