आइपिएल क्रिकेटः गुजरातले बेंग्लोरलाई हरायो, मुम्बई प्लेअफमा पुग्दा बेंग्लोर बाहिरियो – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटः गुजरातले बेंग्लोरलाई हरायो, मुम्बई प्लेअफमा पुग्दा बेंग्लोर बाहिरियो


जनादेश स्पोर्ट्स वाच।

शुभमान गिलले शतक प्रहार गरेपछि आइपिएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ। बेंग्लोरमा घरेलु टिमले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

उसका लागि गिलले नटआउट १०४ रन जोडे। त्यसअघि विराट कोलहीले १०१ रन जोडेपछि बेंग्लोरले ५ विकेटको क्षतिमा १९७ रन जोडेको थियो। हारसँगै बेंग्लोर बाहिरियो भने मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनायो।

यसअघि आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै मुम्बईले प्लेअफ सम्भावना कायमै राखेको थियो। अंक तालिकाको चौथो स्थानमा रहेको मुम्बईले लिग चरणको सबै खेल खेल्दा १६ अंक जोड्यो।

१४ अंक जोडेर पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरको बाहिरियो। शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको चेन्नई सुपरकिंग्स, तेस्रो स्थानको लखनउ सुपर जायन्ट र मुम्बईले प्लेअफमा स्थान बनाए।

शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ।

लखनउले एलिमिनेटरमा मुम्बईसँग खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता टिम फाइनल पुग्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्