काठमाडौँ,
। पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ८० भक्तपुरमा ९ र ललितपुरमा ९ गरी कुल ९८ जनामा कोरोना संक्रमण देखिएको विवरण प्रस्तुत गरे ।
उनका अनुसार काठमाडौँका संक्रमित देखिएका प्रयोगशालामा टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा २४, वीरमा ३, स्टार अस्पताल सानेपामा १०, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २४, विध ल्याव १०, वीरेन्द्र अस्पताल छाउनीमा ३, सुर्या हेल्थकेयरमा २ , नेपाल कोरिया मैत्री अस्पतालमा ४ र वी एण्ड वी अस्पतालमा १ गरी ८० रहेको छ ।
यस्तै ललितपुरका संक्रमितहरु स्टार अस्पताल सानेपाबाट ७ जना, वीधबाट १ जना र वी एण्ड वी बाट १ जना गरी नौ जना रहेका छन् । यस्तै भक्तपुरमा वीर अस्पतालमा एक जना र नेपाल कोरिया मैत्री अस्पतालबाट ८ जना नयाँ संक्रमित भेटिएको छ ।