मञ्जु खाँणलाई १२ दिनपछि आयो पतिको याद,अनुसन्धान सकिएपछि पुगिन् हिरासत – Janadesh Daily | ePaper

मञ्जु खाँणलाई १२ दिनपछि आयो पतिको याद,अनुसन्धान सकिएपछि पुगिन् हिरासत


जनादेश, काठमाण्डौं । हिरासत पुगेको १२ दिनपछि पति बालकृष्ण खाँणलाई भेट्न मञ्जु प्रहरी कार्यालय पुगेकी छन्। सोमबार बिहान काठमाडौं परिसर पुगेर सांसद मञ्जुले खाँणलाई भेटेकी हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। खाँण पक्राउ परेपछि सम्पर्कविहीन भएकी मञ्जु जेठ ४ गते संसद्‌मा उपस्थित भएकी थिइन्।

यसअघि पक्राउ पर्नासाथ बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन्। यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो।

तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएन।

खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए। खाँण पक्राउ पर्दा पनि मञ्जु घरमा थिइनन्। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पक्राउ गरेको छ। उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

अनुसन्धान सकिएकै दिन मन्जु बालकृष्णलाई भेट्न पुगेकी हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्