काठमाडौँ,
पछिल्लो चौविस घण्टामा ४६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमलले देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको पीसीआर नमूना परीक्षण गर्दा ४६८ जनामा पोजेटिभ देखिएको बताए ।
यहि अवधीमा देशभर १२४ जना डिस्चार्ज भएको समेत उनले जानकारी दिए । यो संगै कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । आज थप ३ जना संक्रमितको मृत्यु भएपछि कुल मृत्युको संख्या १०२ पुगेको डा गौतमलले बताए ।