सामाजिक सञ्जालमा बालेनको झटारोः ओली, प्रचण्ड र देउवा संसारकै विद्धान, हामी चेत्दैनौँ – Janadesh Daily | ePaper

सामाजिक सञ्जालमा बालेनको झटारोः ओली, प्रचण्ड र देउवा संसारकै विद्धान, हामी चेत्दैनौँ


जनादेश सोसल मिडिया वाच।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशले युवा बेचिरहेको बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले युवाहरु देश बलेको आगो सेकिरहेको प्रतिक्रिया दिएका हुन्।


‘देश युवा बेच्दैछ, युवा, देश बलेको आगो सेक्दैछ, हामी ताप्दैछौँ,’ बालेन्द्रले भनेका छन्। साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसारकै विद्धान भएको देशको इतिहास लेख्दै गरेको बताएका छन्।

मेयर बालेन्द्रले भनेका छन्, ‘ओली, प्रचण्ड, देउवा, संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन्। र, हामी चेत्दैनौँ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्