आयुषको ‘माया पनि बसेकै थियो’मा प्रिन्स र प्रशम्षाको अन्स्क्रिन प्रेम – Janadesh Daily | ePaper

आयुषको ‘माया पनि बसेकै थियो’मा प्रिन्स र प्रशम्षाको अन्स्क्रिन प्रेम


जनादेश, काठमाण्डौं ।  युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत ‘माया पनि बसेकै थियो’ सार्वजनिक गरेका छन्।  यो गीत आयुषको  स्वर, शब्द र संगीतमा रहेको  छ।
गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।  बिजेश र राजनको  सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत भिडियो तयार पारिएको हो।  हाल अमेरिकामा बस्दै आएका गायक मगरले आफ्नो पहिलो म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
भिडियो लिंक: https://youtu.be/JK_8GzBv884
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्