नेप्से ५१ अंकले बढ्दा २ अर्ब २० करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ५१ अंकले बढ्दा २ अर्ब २० करोडको कारोबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५१.३१ अंकले बढेर एक हजार ९४२.६३ विन्दुमा पुगेको छ ।

बैंकिङ २१, विकास बैंक ८२, फाइनान्स ४९, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा ३६५, उत्पादन १८३, माइक्रोफाइनान्स १३७, निर्जीवन बीमा ३५५, व्यापार ८० र अन्य उपसमूह ३१ अंकले बढेको छ।

आज सबैभन्दा धेरै कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको सेयर ८ प्रतिशत बढेको छ ।

यस दिन २७१ कम्पनीको ६० लाख ६७ हजार कित्ता सेयर २ अर्ब २० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्