असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय – Janadesh Daily | ePaper

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय


जनादेश, काठमाण्डौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, “तेस्रो संशोधन आदेशलाई स्वीकृत गर्ने प्रक्रियामा केही जटिलता रहेछन् । संशोधन गर्ने कुरालाई स्वीकृत गरिएको छ । खासगरी ६० वर्षभित्रका व्यक्तिलाई प्रक्रियामा समावेश गर्ने भनिएकोमा दुई, तीन पटकसम्म निवेदन नआएकाले बढाएर यो ६५ वर्ष बनाएका छौं ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्