आइपिएल क्रिकेटः गुजरातलाई हराउँदै चेन्नई फाइनलमा – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटः गुजरातलाई हराउँदै चेन्नई फाइनलमा


जनादेश स्पोर्ट्स।

गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ। मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो।

चेन्नई आइपिएलको १४ सिजन मध्ये दशौं पटक फाइनलमा पुगेको हो। चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये चार फाइनल जित्दै उपाधि जितेको छ। चेन्नईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा १५७ रनमा अलआउट भयो।

गुजरातका ओपनरद्वय ऋद्धिमान साह १२ रन र शुभमन गिल ४२ रनमा आउट भए। दुवैले चेन्नईका दीपक चाहरले आउट गरे। कप्तान हार्दिक पाण्ड्या ८ रनमा आउट भए भने डेभिड मिलर ४ रनमा पेभिलियन फर्के। १९औं ओभरको तेस्रो बलमा रासिद खान ३० रन बनाएर नवौं विकेटको रुपमा आउट भएपछि गुजरातको आसा सकिएको थियो।

बलिङमा चेन्नईका दीपक चाहर, रविन्द्र जडेजा, महीश तिक्षणा र मथीशा पाथिरनाले २-२ विकेट लिए। त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ७ विकेटको क्षतिमा १७२ रन जोड्यो। चेन्नईका लागि ओपनर रुतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६० रन र डेभन कनवेले ३४ बलमा ४० रन जोडे।

रविन्द्र जोडेजाले २२ रन जोड्दा अन्जिका राहाणे र अम्बाती रायडु १७-१७ जोडेर आउट भए।

बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले दुई दुई विकेट लिए। अब पराजित भएको गुजरातका लागि दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने मौका छ। दोस्रो क्वालिफायरमा गुजरात र एलिमिनेटरको विजेताबीच खेल हुनेछ। एलिमिनेटरमा लखनउ र मुम्बई भिड्दैछन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्