महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो – Janadesh Daily | ePaper

महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो


काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै समूहबीको विजेता बनेको हो ।
यस्तै, पराजित उज्वेकिस्तान पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उज्वेकिस्तान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । पहिलो सेट २४–२६ ले गुमाएको काजकिस्तानले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो । काजकिस्तानले पछिल्लो तीन सेट २५–१६,२५–११ र २५–१८ ले जित्यो । यस जितसँगै काजकिस्तान ३ खेलमा ९ अङ्क जोड्दै समूह ‘बी’को विजेता बनेको हो । पराजित उज्वेकिस्तान समान तीन खेलमा दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ उपविजेता बन्यो । यस समूहबाट श्रीलङ्का र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्