‘हुक्काको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ’ – Janadesh Daily | ePaper

‘हुक्काको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ’


बीबीसी ।  विशेषगरि युवा पुस्ता माँझ हुक्का सेवन निकै चर्चित भइरहेको छ। चुरोटभन्दा हुक्का सेवन गर्‍यो कम हानिकारक छ भनेको पनि सुनिन्छ।

हुक्का सेवन

तर छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भन्ने कुरा मिथ्या भएको बताउँछन्।

“हामीले एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तानिरहेका हुन्छौँ भने एक सेसन हुक्काको प्रयोग गर्दा खेरि त्यसबाट ९० देखि २०० लिटरसम्म धुवाँ हामीले तानिरहेका हुन्छौँ।त्यसको अर्थ के भने एक पटक हामीले हुक्काको सेवन गर्दा त्यसको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ।” छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी भन्छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्