मदिरापान गरेपछि बढी भोक लाग्छ, आखिर किन ? – Janadesh Daily | ePaper

मदिरापान गरेपछि बढी भोक लाग्छ, आखिर किन ?


कतिपय मानिस मदिरापान गरेपछि ज्यादा भोक लागेको महसुस गर्छन् । किन यस्तो हुन्छ त रु बेलायतको फ्रेन्सिस क्रिक इन्स्टिच्युटले सन् २०१७ मा गरेको अध्ययनअनुसार मदिरापान गरेपछि यसले ब्रेनको भोक बढाउने कोशिकाहरुलाई सक्रिय बनाइदिन्छ । जसले मदिरापान गर्छ उसले मदिरापान गरेपछि बढी भोकको महसुस गर्छ र जरुरतभन्दा बढी खाना खान्छ । करिब दुई वर्षको अवधिमा गरिएको अध्ययन प्रतिवेदनअनुसार मदिराको असर न्युरोनमा पर्छ । मदिरापान गरेपछि शरीरमा मेटाबोलिजम तथा एनर्जीको तह कम हुन थाल्छ ।

अध्ययनकर्ताहरुका अनुसार खाना कति खाने भन्ने कुराको जिम्मेवार ब्रेन नै हो । यदि कसैले ज्यादा मदिरापान गर्छ भने उसले बढी भोकको महसुस गर्छ र बढी खाना खान्छ । अध्ययनकर्ताहरुले यो प्रयोग मुसामा पनि गरेका थिए । मुसालाई इथेनल पानीको घोल दिएर अध्ययन गर्दा त्यस अवधिमा तिनीहरुले अरु दिनको तुलनामा १० देखि २५ प्रतिशत ज्यादा खाना खाएका थिए ।

अध्ययनकर्ताहरुको सुझाव छ, यदि तपाईं मदिरापान गर्ने गर्नुहुन्छ र कम खाना खान चाहनुहुन्छ भने तपाईं मदिरापान पनि कम गर्नुहोस् । मदिरापान गर्नु र मोटोपन बढ्नु दुवै स्वास्थ्य समस्या हुन् । यसले सामाजिक समस्या पनि निम्त्याउ“छ । तर मदिरापान गर्नाले मात्र मोटोपन बढ्ने होइन । मदिरापान कम गर्नु र एक्सरसाइज बढी गर्नुचाहिँ स्वास्थ्यका लागि बढी राम्रो हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्