चितवन,
चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।