पार्टी भित्रको गुटबन्दी कुनै हालतमा स्वीकार्य हुँदैनः उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा – Janadesh Daily | ePaper

पार्टी भित्रको गुटबन्दी कुनै हालतमा स्वीकार्य हुँदैनः उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा


जनादेश , काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा र २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘पार्टी केहि बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा बिग्रिनुको प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।

उनले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताए । उनले भने, ‘घेराबन्दीको बीचमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुपर्छ । कमरेड प्रचण्डको वरिपरि घेराबन्दी पार्टीका नेता कार्यकर्ताले नै गरौं ।’
उपाध्यक्ष महराले माओवादी नेतृत्वको सरकारका विरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको बताएका छन् । उनले वैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्नका लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गरे ।
सहकर्मी कृष्णसेन इच्छुक र प्रेस संयोजक त्रिभुवन पौडेल गुमाउँदै धेरै चिज गुमाएको महशुस भइरहेको पनि उपाध्यक्ष महराले स्मरण गरे ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्