कृष्ण सेनको सम्झना र सम्मान – Janadesh Daily | ePaper

कृष्ण सेनको सम्झना र सम्मान



•डा दीपेन्द्र रोकाया ।

हामीले जेठ १३ गते २१औ कृष्णसेन स्मृति दिवश मनायौँ । प्रेस सेन्टर नेपालले आयोजना गरेको १९औ वार्षिक साधारण सभा तथा २१औ कृष्णसेन स्मृति दिवशमा सहभागी हुँदा सबैले कृष्ण सेन ‘इच्छुक’को महानताको सम्झना गर्नुभयो । पार्टी अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री प्रचण्ड¸ पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा¸ सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा¸ वरिष्ठ पत्रकार महेश्वर दाहाल¸ गोविन्द आचार्य लगायतले उहाँसँगको सहयात्राको सम्झना सुनाउनु भयो ।

यस्तै कार्यक्रम इच्छुक प्रतिष्ठानले स्मृतिसभा गरेको थियो । यसो त देशभरका प्रगतिशील लेखक र साँस्कृतिक समूहहरुले इच्छुकको सम्झना गर्दै सम्मान प्रकट गरेको समाचारहरु देख्न पाइयो । धेरै शुभचिन्तकहरुले सामाजिक सञ्जालमा आफ्ना भावनाका साथ सम्झना र सम्मान गरेको देखियो । खुशी लाग्छ¸ हाम्रो अभिभावक हामीसँग भौतिक रुपमा नहुँदा पनि संस्था बनेकोमा ।

मैले उहाँसँग २०५४ सालदेखि वर्गवैरीले हत्या गर्दासम्म सहयात्रा गर्न पाएको थिएँ । उहाँको नेतृत्वमा रहेको सम्पादन समूहमा रहेर काम गर्दाका निकै धेरै अनुभव छन् । त्यसलार्इ विभिन्न सन्दर्ममा लेख्दै आएको छु । सरल र स्वाभिमानी नेता गुमाउँदा म भद्रबन्दी गृहमा थिएँ । उहाँको हत्याको खबर सुनेर हामी आस्थाका बन्दीहरुले बाँच्ने आशा समेत गुमाएका थियौ। संयोगले बाँचेका छौ र केही अनुभव सुनाउन पाएका छौ।

अब कृष्ण सेन ‘इच्छुक’लार्इ वर्ग निष्ठा र स्वाभिमानको अभियान मान्नु पर्छ । यसलार्इ संगठन¸ उत्पादन र प्रचार क्षेत्रमा अभियानात्मक रुपमा अगाडि बढाउनु पर्छ । उहाँको आस्था र निष्ठालार्इ देश निर्माणको आन्दोलन बनाउन सक्नु सक्छ ।

उहाँ हाम्रो क्षेत्रबाट प्रस्ताव गर्नुपर्ने विभूति हो। महान शहीद कृष्ण सेनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँका अधुरा सपनाहरु पुरा गर्न हर तरहले लाग्ने प्रण समेत गर्दछु ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्