फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा – Janadesh Daily | ePaper

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा


काठमाडौँ,

विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो ।

यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२औँ तथा भुटान १५४औँ स्थानमा रहेका छन् । विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्