धोनीसँगै रैनाको पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास – Janadesh Daily | ePaper

धोनीसँगै रैनाको पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास


एजेन्सी ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

धोनी र रैनाले शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । धोनी सन् २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अन्तिम पटक खेलेका थिए । रैनाले भारतबाट अन्तिम पटक २०१८ जुलाईमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।

धोनीले सन्न्यास लिएसँगै आफूले पनि लिएको रैनाले जनाएका छन् । धोनीले इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका थिए । यी दुबै खेलाडी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिलए) को लागि चेन्नई सुपर किंग्सको भारतमा हुने ६ दिनको प्रशिक्षणमा रहेका छन् ।
रैनाले ३३ वर्षको उमेरमा भारतीय टोलीबाट सन्न्यास लिएका हुन् ।

भारतीय क्रिकेट टोलीमा विराट कोहली सन् २०१७ मा सिमित ओभरको कप्तान बनेसँगै रैना टोलीको रणनीति बाहिर परेका थिए । रैनाले भारतीय टोलीबाट १८ टेष्ट, २ सय २६ ओडिआई र ७८ टि२० आई खेलेका छन् । रैनाले टेष्टमा श्रीलंकाविरुद्ध सन् २०१० टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले सन् २००५ मा श्रीलंकाविरुद्धनै डेब्यु गरेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध रैनाले टि२० आईमा डेब्यु गरेका थिए ।

ओडिआईमा रैनाले ५ शतक र ३६ अर्ध शतकका साथ ५ हजार ६ सय १५ रन बनाएका छन् । टि२० आईमा १ शतक र ५ अर्ध शतक सहित कुल १६ सय ५ रन बनाएका छन् । रैना टि२० आईमा शतक प्रहार गर्ने भारतका पहिलो र विश्वका तेस्रा ब्याट्सम्यान हुन् । रैना भारतीय क्रिकेटमा तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

टि२० र ओडिआई दुवैमा शतक प्रहार गर्ने भारतका एक्ला खेलाडी पर्दछन् । रैना र धोनी दुवै चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्दै निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्