नयाँ बजेटः अब १ सय रुपैयाँमा कम्पनी खोल्न सकिने – Janadesh Daily | ePaper

नयाँ बजेटः अब १ सय रुपैयाँमा कम्पनी खोल्न सकिने


नेपाल सरकारले १ सय रुपैयाँ पुँजीमै नयाँ कम्पनी खोल्न सकिने प्रवाधान ल्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणामार्फत् अर्थमन्त्री डा। प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन्।

न्यूनतम एक सय रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिन लागिएको हो । अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइएको सरकारले जनाएको छ।

उनका अनुसार अब नयाँ कम्पनी खोल्न भोग्दै आएको झन्झट हटाइएको छ। यो मोडल युरोपका देशहरुमा कार्यन्वयनमा रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्